८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

प्रा डा जागेश्वर गाैतमको प्रश्नः सुनिल शर्माको नाममा स्टण्टबाजी किन ?

२७ साउन, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेर अदालतको आदेशमा रिहा भएका नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माको शैक्षिक योग्यताका सम्बन्धमा सिर्जना गरिएको प्रश्नमै शंका गरिएको छ । प्रविणता प्रमाणपत्र तह कक्षा १२ को परीक्षाको शर्माको प्रमाणपत्र नक्कली भनेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको भए पनि उनले मेडिकल ल्याब टेक्नोलोजीमा प्रमाणपत्र तह पास गरेको र सोही आधारमा एम बि बि एस पढेको कुरा सार्वजनिक भएको छ ।

यसले शर्मामाथि अनुसन्धान नै बदनियतका लागि भएको हो कि भन्ने शंका जन्मिएको छ । डा शर्माको बिहार इन्टरमिडियट काउन्सिलबाट जारी भएको शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रहरी भन्दै प्रहरीले अुनसन्धान गरिरहेको छ तर शर्माले जागिर खान र माथिल्लो तह अध्ययन गर्नका लागि पेश गरेको प्रमाणपत्रमा कुनै कैफियत नरहेको संकेत प्रा डा जागेश्वर गौतमले सामाजिक सञ्जाल ट्वीटर मार्फत गरेका छन ।

गौतमले डा सुनिल शर्माले महाराजगन्ज मेडिकल क्याम्पसबाट मेडिकल ल्याब टेक्नोलोजीमा प्रमाणपत्र तह पास गरेको र उक्त प्रमाणपत्रको आधारमा भरतपुर क्यान्सर अस्पतालमा जागिर खाएको पुष्टि गरेका छन । सँगै प्रा डा गौतमले एम बि बि एस पढ्न मेडिकल ल्याब टेक्नोलोजीमा प्रमाणपत्र तह पास गरेकाले मिल्ने पनि बताएका छन । उनले स्टण्डबाजी गर्नुभन्दा अरू कुराको अनुसन्धान गर्न पनि अनुरोध गरेका छन ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १३:१६