८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा प्रकाउ परेका छन । बिहीबार दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै शर्मा पक्राउ परेका हुन् । शर्मालाई नक्कली कागजातसम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ ।

शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १६:१७