२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२५ साउन, काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले संस्थापक समूहको १ लाख ३० हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेकाे हाे । बिक्रिमा राखिएकाे साे सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

बिक्रीमा राखिएकाे साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीकाे नक्सालमा रहेको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् । साथै, ताेकिएकाे समयअवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार ११:५६