६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

लगातार चाैंथाे दिन पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२५ साउन, काठमाडाैं । लगातार चाैंथाे दिन पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बुधबार पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार ११:१३