१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इन्फिनिटी लघुवित्तको १ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

२५ साउन, काठमाडाैं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले केही सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले संस्थापक समूहको १ लाख २० हजार ८८६ कित्ता सेयर बिक्रीमा राखेकाे हाे ।

बिक्रीमा राखिएकाे उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र कम्पनीकाे केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

साथै, ताेकिएकाे समय अवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १०:३४