९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

पाँच वर्ष पुरानो लाभांश लिन सेयरधनीहरुलाई एभरेष्ट बैंकको आग्रह

२५ साउन, काठमाडाैं । ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीहरुलाई एभरेष्ट बैंकले अनुराेध गरेकाे छ । बैंकले एक सूचना प्रकाशित गर्दै २०५५/५६ देखि २०७४/७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको हाे ।

यो अवधिमा साधारण सेयर र अग्राधिकार सेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई बैंकले आग्रह गरेको छ।साधारण सेयरतर्फ यो अवधिको कुल ३ करोड २ लाख १५ हजार ६१८.२९ रुपैयाँ र अग्राधिकार सेयरतर्फ १ लाख ८६ हजार ३५०.७३ रुपैयाँ नगद लाभांश सेयरधनीहरुले भुक्तान लिन बाँकी रहेकाे बैंकले जनाएकाे छ ।

आफ्नो सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको सेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको छ । साथै, भुक्तानी हुन बाँकी नगद लाभांशको विवरण बैंकको वेबसाइटमा राखिएको बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार ०९:२९