स्वास्थ्य मन्त्रीको सय दिन मनाउन सेतो कोटमै अनिवार्य उपस्थित हुन उर्दी
२४ साउन, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको मन्त्रीको सय दिन मनाउनका लागि अस्पतालहरूमा सेतै कोटमा अनिवार्य उपस्थित हुन स्वास्थ्यकर्मी र चिकित्सकलाई उर्दी जारी गरिएको छ । मन्त्रालयको निर्देशन अनुसार वीर अस्पतालका निर्देशक सन्तोष पाैडेलले बिहीबार सभागृहमा हुने कार्यक्रममा अस्पतालको काम प्रभावित नहुने गरी सबै कर्मचारी र स्वास्थ्यकर्मीलाई अनिवार्य उपस्थिति हुन भन्दै सूचना जारी गरेका छन । बिहीबार २ बजे स्वास्थ्य मन्त्रलायले मन्त्रीको सय दिन पुगेको अवसरमा सेतो कोट दिवस मनाउन लागेको छ ।
प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार २२:११