२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै एमालेद्धारा संसद अवरोध

२३ साउन, काठमाडाैं । उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारले प्रतिवद्धता नदिएकाे भन्दै नेकपा एमालेले प्रतिनिधिसभाकाे मंगलबारको बैठक अवरोध गरेको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

एमाले सचेतक महेश बर्तौलाले भने, ‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनााउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तु भन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो।’

उनले पमुख प्रतिपक्ष र प्रतिपक्ष बेन्चमा रहेका राजनीतिक पार्टीहरुले उठाएको विषयमा सरकार जवाफदेही नभएको आरोप लगाए । सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बर्तौलाले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १८:५८