८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

रोल्पाबाट दाङको घोराही जाँदै गरेको बस दुर्घटनाः ४ जनाको मृत्यु, १८ जना घाइते

२३ साउन, रोल्पा । रोल्पाबाट दाङको घोराही जाँदै गरेको बस दुर्घटना भएकाे छ । दुर्घटनामा परेर कम्तिमा ४ जनाको मृत्यु भएको छ । मंगलबार त्रिवेणी गाउँपालिका-७ को तिला नजिकै भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको हाे ।

रोल्पा बागमाराबाट घोराही जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत सडकबाट खसेको हो । अहिले पनि उद्दार कार्य जारी रहेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा गरेर १८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:४७