वाणिज्य बैंकहरूको नाफा ७० अर्ब १७ करोड, १८ बैंकको बढ्दा दुईकाे घट्याे
२२ साउन, काठमाडाैं । वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा संचालनमा रहेका २० वाणिज्य बैंकहरुले कुल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यी बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।असार मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।
दाेस्राेमा ग्लोबल आइएमई रहेको छ । बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार, एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार नाफा कमाएको छ ।
बैंकहरुले प्रकाशित वित्तीय वित्तीय अवस्था अनुसार ३ अर्ब भन्दा बढी नाफा कमाउनेमा ७ वटा , २ अर्ब भन्दा माथी नाफा कमाउनेमा ६ वटा र १ अर्ब भन्दा बढी नाफा कमाउनेमा २ वटा बैंक रहेका छन् । २० वाणिज्य बैंकमध्ये दुई वटा बैंकको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ । नाफा घट्नेमा कुमारी बैंक र प्राइम बैंक रहेका छन् ।
कुन बैंकाेकाे नाफा कति ?
नाफा विवरण २०७९/८० मा नाफा २०७८/०७९ मा नाफा
नबिल बैंक ७ अर्ब ५२ करोड ७१ लाख ४ अर्ब २५ करोड ६० लाख
ग्लोबल आईएमई ७ अर्ब २५ करोड ३४ लाख ४ अर्ब ९५ करोड ९२ लाख
राष्ट्रिय वाणिज्य ४ अर्ब ९१ करोड ७१ लाख ४ अर्ब २९ करोड २८ लाख
इन्भेस्टमेन्ट मेगा ४ अर्ब २९ करोड ६६ लाख ३ अर्ब ७९ करोड ७६ लाख
एनआईसी एसिया ४ अर्ब ६५ करोड १३ लाख ४ अर्ब २१ करोड ४९ लाख
स्टान्डर्ड चार्टर्ड ३ अर्ब ५२ करोड ५४ लाख २ अर्ब २५ करोड ५९ लाख
नेपाल बैंक ३ अर्ब ४१ करोड १५ लाख २ अर्ब ९२ करोड ३२ लाख
एनएमबी बैंक ३ अर्ब ४१ करोड ४ लाख ३ अर्ब २९ करोड १० लाख
एभरेष्ट बैंक ३ अर्ब ३९ करोड ३१ लाख २ अर्ब ४७ करोड ९४ लाख
हिमालयन बैंक ३ अर्ब २६ करोड ६१ लाख २ अर्ब ३६ करोड ७५ लाख
कृषि विकास बैंक ३ अर्ब ९ करोड ९३ लाख २ अर्ब २२ करोड ५७ लाख
सिद्धार्थ बैंक ३ अर्ब १९ करोड १ लाख २ अर्ब ९० करोड २४ लाख
प्रभु बैंक २ अर्ब ८२ करोड ५२ लाख १ अर्ब ९० करोड २० लाख
प्राइम कमर्सियल २ अर्ब २६ करोड ३१ लाख २ अर्ब ७८ करोड ७३ लाख
सानिमा बैंक २ अर्ब ६१ करोड ९२ लाख २ अर्ब ९ करोड ३१ लाख
लक्ष्मी सनराइज २ अर्ब २६ करोड १८ लाख १ अर्ब ५१ करोड ३४ लाख
एसबीआई २ अर्ब २४ करोड १६ लाख १ अर्ब ६३ करोड ८३ लाख
सिटिजन्स २ अर्ब २१ करोड ४४ लाख २ अर्ब ५६ लाख
माछापुच्छ्रे १ अर्ब ८५ करोड ११ लाख १ अर्ब ६८ करोड ६६ लाख
कुमारी १ अर्ब ९५ करोड ७१ लाख २ अर्ब ५७ करोड ९८ लाख
प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १०:४१