९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

कृषि विकास बैंकले सच्चायो वित्तीय विवरण, के भएको थियो त्रुटि ?

२२ साउन, काठमाडाैं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सच्चाएको छ। बैंकले आज साउन २२ गते एक सूचना जारी गर्दै वित्तीय विवरण सच्चाएको हाे । गत साउन २० गते प्रकाशित वित्तिय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयरमा त्रुटि भएकाेले सच्चाएकाे बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ ।

बैंकले यसअघि वितरणयोग्य आम्दानी प्रतिसेयर १९ रूपैयाँ ८९ पैसा रहेकाे जनाएकाे थियाे । अघिल्लो वर्ष वितरणयोग्य आम्दानी प्रतिसेयर ३५ रूपैयाँ ६१ पैसा रहेको विवरण सार्वजनिक थियाे तर बैंकले यसलाइ सच्चाउँदै गत आर्थिक वर्षको चौथो त्रैमासमा वितरणयोग्य आम्दानी प्रतिसेयर १४ रूपैयाँ ९२ पैसा र अघिल्लो वर्षकाे सोही अवधिमा वितरणयोग्य आम्दानी प्रतिसेयर २६ रूपैयाँ ७० पैसा रहेको जनाएकाे छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ०९:२२