८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा ३४ करोड ३७ लाख माथि, प्रतिसेयर आम्दानी कति ?

२२ साउन, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३४.७९ प्रतिशतले कम हो । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ६.६७ प्रतिशतले बढेर १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ पुगेको छ ।याे अवधिमा बैंकको संचालन नाफा ५० करोड ५१ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ ।  चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ रहेकाे बैंककाे जगेडा कोषमा १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेकाे छ ।  बैंककाे खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । याे अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ०८:३३