२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बालेनको नाममा फेक स्क्रिनसर्ट बनाएर सामाजिक सञ्जालमा रवि लामिछानेको हुर्मत

२१ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको नाममा फेक स्क्रिनसर्ट बनाएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाली र व्यंग्य गरिरहेका छन । कतिपय प्रतिष्ठित र जिम्मेवार नागरिकले समेत उनको फेक स्क्रिनसर्ट भाइरल बनाउन सहयोग गरिरहेका छन ।

उनको स्क्रिनसर्टको फन्ट हेरेर नै त्यो फेसकुबको स्टाटस होइन भनेर छुट्याउन सकिन्छ तर धेरैले त्यही स्टाटस सेयर गरेर लामिछानेमाथि प्रहार गरिरहेका छन । ब्यू बस, मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका रविको बिरोध गर्ने नाममा आवाज ठू्लो बनाउन काठमाडौँका प्रमुख बालेनको स्टाटस नक्कली बनाएर भाइरल बनाइरहेका छन ।

दैनिकीले यस विषयमा काठमाडौँ महानगरका प्रमुख बालेनका प्रेस सहजककर्ता सुदर्शन बजागाईसँग चासो राख्दा उनले त्यस्तो कुनै टिप्पणी प्रमुखलेल नगरेको बताए । उनले प्रमुख शाह पछिल्लो समय विद्यालय र छात्रबृतिको काममा व्यस्त रहेको पनि जानकारी दिए ।

लामिछानेले भने बालेनको फेक स्क्रिनसर्ट भाइरल भैरहँदा सामाजिक सञ्जाल मार्फत केही समाचारप्रति लक्षित गर्दै असन्तुष्टि जनाएका छन । उनले मोबाइल क्लिनिकको गाडीमात्र परिवर्तन हुन लागेको र त्यो फेरि थपिने पनि बताएका छन । उनले भनेका छन, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।’

यस्तो छ फेक स्क्रिनसर्ट

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १६:०६