९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ९१ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

२१ साउन, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समिक्षा अवधिमा बैंकले ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा १४.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा पनि बैंकले ४ अर्ब २९ करोड २८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।  यसका आधारमा बैंकले आफ्ना सेयरधनीहरुलाई यस वर्ष ११.५९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको बैंककाे जगेडा कोषमा ३४ अर्ब ५८ करोड ८९ लाख २३ हजार रुपैयाँ राखेको छ ।

बैंकको सञ्चालन मुनाफा १८.७७ प्रतिशतले बढेर ६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड रुपैयाँ भएको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३३.९६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३४.८५ रुपैयाँ थियो।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १४:२२