९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

२४.१४ प्रतिशतले घट्यो कुमारी बैंकको नाफा, अन्य सूचक कस्ता ?

२१ साउन, काठमाडाैं । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समिक्षा अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशतले कम हाे । अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख ५ हजार रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको सञ्चालन मुनाफा १५.२४ प्रतिशतले घटेर ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ५७ करोड रुपैयाँ थियो।

याे अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशतले बढेर ११ अर्ब १ करोड १३ लाख ९६ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ भएको छ।

असार मसान्तसम्म बैंकले ३ खर्ब १६ अर्ब ४ करोड ७० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७० अर्ब ५७ करोड ३५ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५७.४७ प्रतिशतले घटेर ७.४६ रुपैयाँ कायम भएको छ। पीई रेसियो २२.१२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४०.४७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १३:४७