१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

नेष्डो समृद्ध लघुवित्तकाे लाभांशमा संशोधन, अब नगद मात्र वितरण गर्ने

२१ साउन, काठमाडाैं । नेष्डो समृद्ध लघुवित्तले लाभांश संशोधन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेकाे हाे ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रताव गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने लघुवित्तले जनाएको छ।

यसअघि लघुवित्तले बोनस सेयर, नगद तथा करसमेत गरी कुल ७३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। तर, राष्ट्र बैंकले गत वैशाख ४ गते नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांश घटाएर १७.९३४२ प्रतिशतमात्रै लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको थियो। राष्ट्र बैंकको उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने भन्दै नेष्डो अदालत पुगेको थियो। तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि कम्पनीले मुद्दा फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १२:१३