२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गोकुलले कोल्याप्स पारे सिन्धुपाल्चोकको समाजवादी, सबै नेता बोकेर मियो नै एमालेमा

२१ साउन, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले सिन्धुपाल्चोक जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेको केहीदिनमै नेकपा एकीकृत समाजवादीको मियो ढालिदिएका छन । जिल्लामा समाजवादीको मियोको रूपमा रहेका सिन्धुपाल्चोकमा एमालेको संगठन बनाउन महत्वपूर्ण भूमिका खेलेका सुवास कर्माचार्यसहित  सयौँ नेता कार्यकर्ता एमालेमै फर्किएका छन ।

जिल्ला भित्र गुट र उपगुटको नाममा भाँडिएर बसेका नेताहरू गोकुल बाँस्कोटाले जिम्मेवारी लिएर काम सुरू गर्ने बित्तिकै एमालेमा आउन तयार भएका हुन । शनिबार जिल्लामा भएको पार्टी प्रवेश कार्यक्रममा दुई केन्द्रीय सदस्य सुवास कर्माचार्य र उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका समाजवादीका प्रायः सबैजसो नेता र कार्यकर्ता एमालेमै फर्किएका छन ।

एमाले प्रवेश गर्नेहरूमा प्रदेश कमिटी सदस्य ईश्वरीप्रसाद श्रेष्ठ, शिवराम भट्टराई, घननाथ पराजुली, जिल्ला कमिटी उपाध्यक्ष छिरिङ ग्याल्बो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारी, जिल्ला कमिटीका सदस्यहरू, विभिन्न पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू तथा विभिन्न जनसंगठनहरूमा आवद्ध नेता तथा कार्यकर्ताहरू रहेका छन । जिल्लाका स्थानीय तहका कतिपय कमिटीहरू नै एमालेमा समाहित भएका छन । केही दिनमै बाँकीले पनि एमालेमा फर्किएको घोषणा गर्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन ।

सिडिओ सरूवाको शैलीमा नेताहरूको जिम्मेवारी हेरफेर हुननहुने अडानमा रहेका बाँस्कोटाले पार्टी नेतृत्वसँगको समाझदारीपछि केही दिनयता मात्र इन्चार्ज जिम्मेवारी स्वीकार गरेका थिए । बाँस्कोटाले जिम्मेवारी लिएको केहीदिनमै महत्वपूर्ण नतिजा दिलाएका छन ।

एमालेमा फर्किने नेताहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १३:५०