२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

सर्वसाधारणका लागि कुमारी बैंककाे ७ लाख ५७ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१९ साउन, काठमाडाैं । कुमारी बैंकले आज साउन १९ गते शुक्रबारबाट केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएकाे उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र  अधिकतममा भने १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि भदौ १ गते अपराह्न २ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाडाैंकाे लाजिम्पाटस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १०:४१