९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

२५.१३ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा, वितरण योग्य मुनाफा कति ?

१९ साउन, काठमाडाैं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणअनुसार समिक्षा अवधिसम्म बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा अघिल्लो वर्षकाे बैंककाे यहि अवधिकाे तुलनामा २५.१३ प्रतिशतले बढी हाे । अघिल्लो वर्ष बैंकले २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। याे अवधिमा बैंककाे वितरण योग्य मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको छ। बैंकको १७ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता रहेकाे छ ।

समिक्षा अवधिसम्म बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको सञ्चालन मुनाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ भएको छ।

चुक्ता पूँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ भने कर्जा लगानी ६.५० प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। याे अवधिमा बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ। अघिल्लो वर्ष बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १८.४८ रुपैयाँ थियो। पीई रेसियो १२.३९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५.५१ रुपैयाँ रहेको छ। याे अवधिमा बैंकको सीडी रेसियो ७९ प्रतिशतमा झरेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ०९:२४