७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

नेपाल होस्टल एसोसिएसन काठमाडौको नयाँ समितिले काम सुरू गर्यो

१८ साउन, काठमाडाैँ । नेपाल होस्टल एसोसिएसनले काठमाडौं जिल्ला कार्यसमितिको नवौं साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बुझ बुझारथ कार्यक्रम सम्पन्न गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रम बिच नवनिर्वाचित प्रतिनिधीहरुलाई पूर्व प्रतिनिधिहरुले सम्पूर्ण विवरण हस्तान्तरण गरेका हुन् । एसोसिएसनले सरकारले महंगी नियन्त्रणमा जोड दिनुपर्ने कुरालाई प्रथमिकतामा राखेको छ ।

उक्त्त कार्यक्रममा बोल्दै नेपाल होस्टल एसोसिएसन काठमाडौं जिल्ला कार्यसमितिका निवर्तमान अध्यक्ष राजु भुजेलले होस्टल व्यवसायमा घर बहालले गर्दा निकै समस्या सिर्जना भएको बताएका छन् ।‘होस्टल व्यवसायमा सबैभन्दा समस्या घर बहालले निम्तिएको छ’, उनले भने,‘घरबेटीले घर भाडामा दिन्छ व्यवसायीले भाडा तिर्छ तर घरभाडा मात्रै नभइ त्यसको बाहाल पनि तिर्नुपर्ने भन्छ होइन भने घर छाड भन्ने यसले चाहिँ होस्टल व्यवसायमा निकै समस्या भएको छ ।’ उनले राज्यले यसमा ध्यान दिन आवश्यक भएको उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष चन्द्र प्रकाश मिश्रले होस्टल व्यवसाय सर्वसाधरणले बुझेको जति खराब नभएको बताएका छन् । उक्त कार्यक्रममा बोल्दै वर्तमान अध्यक्ष भोजिन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा थप राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त्त गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार २०:२५