८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कर्णाली डेभलपमेन्ट बैंककाे खुद ब्याज आम्दानी बढ्याे, वितरण योग्य मुनाफा ४ करोड ९३ लाख

१८ साउन, काठमाडाैं । कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे विवरण अनुसार समीक्षा अवधि बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंक ३ करोड ७९ लाख रुपैयाँले घाटामा थियो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ।

 समीक्षा अवधिसम्म बैंककाे खुद ब्याज आम्दानी ८२.४५ प्रतिशतले बढेर १६ करोड ४८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ९ करोड ३ लाख रुपैयाँ रहेको थियो। चाैथाे त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लाे वर्ष बैंक ३ करोड ७९ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।

चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० करोड २७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २.८५ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.३४ प्रतिशत बढेको छ। बैंकको रिजर्भको आकार ६.२६ प्रतिशतले घटेर १७ करोड ४९ लाख रुपैयाँमा खुम्चिएको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेकाे छ । याे अवधिमा बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ८१ पैसा रहेकाे छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७.५४ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो ४४.५० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२०.४३ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १३:५६