११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

कालिका लघुवित्तको ४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१७ साउन, काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र कास्कीको पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ। साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १४:५९