१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त

१७ साउन, काठमाडाैं । प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज साउन १७ गते बसेको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्।

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेबाट समाप्त भएको छ। अर्को व्यवस्था नभएसम्मका लागि मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हाे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार ११:२४