२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

१६ साउन, काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।

गठबन्धनको सरकार बनाउन सभामुख सभामुख बाबुराम गौतमले आज नै पदबाट राजीनमा दिएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १७:२४