१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कहिलेसम्म कायम सेयरधनीले पाउछन् समाज लघुवित्तको लाभांश ?

१६ साउन, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने साउन २० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र  प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले हाल चुक्ता पुँजीकाे १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले साउन ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहिमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १२:०६