१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक

११ कात्तिक, काठमाडाैँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् ।

दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको अख्तियारले जनाएको छ ।विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अायोगले जनाएको छ ।

अायोगका अनुसार नक्कली प्रमाणपत्रको प्रयोग गरेर जागिर खाने त्यस्ता शिक्षकविरूद्ध अनुसन्धान गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिदै अाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार ०९:४२