२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कांग्रेससँग अन्तरद्धन्द्ध चर्किरहँदा प्रचण्डले बालुवाटारमै बोलाए ओलीलाई

१४ साउन, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा पछिल्लो समय भुसको आगोजसरी अन्तरद्धन्द्ध फैलिइरहेको छ । जसको झलक संसदमै प्रष्ट देखिन्छ । अहिले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलका नेताहरूले भन्दा बढी नेपाली कांग्रेसका नेताहरूले सरकारको आलोचना गरिरहेका छन ।

संसद भित्र र बाहिर सरकारको आलोचनामा कांग्रेस नै अग्रमोर्चामा देखिएको छ । सुनतस्करी प्रकरणमा पनि नेपाली कांग्रेसका सांसदहरूले नै गृह र अर्थमन्त्रीले राजिनामा नै दिनुपर्ने भनेर संसदमा आवाज उठाए । कांग्रेस र माओवादीको अन्तरद्धन्द्धको असर मन्त्रालय अन्तरगतको निकायहरूमा पनि देखिएको छ । माओवादी मन्त्रीले नेतृत्व गरेको मन्त्रालय अन्तरगतका निकायमा भएका कांग्रेस कार्यकर्ताले त्यस्तो महुशष गरेर पार्टी नेतृत्वलाई नै गुनासो गरेका छन भने कांग्रेस नेतृत्वको मन्त्रालय अन्तरगतका निकायमा कार्यरत माओवादी कार्यकर्ताले पनि त्यस्तो गुनासो गरिरहेका छन ।

पछिल्लो समय नेपाल टेलिभिजन र गोरखापत्र दैनिकमा भएको भ्रष्टाचारको विषयमा सरकारले चालेको कदम माओवादीले पेलेको रूपमा लिएको र पार्टी नेतृत्वको ध्याकर्षण समेत गराइएको गोरखापत्र दैनिकमा कार्यरत एक नेपाली कांग्रेस निकटका कार्यकर्ताले बताएका छन ।

सरकारभित्र यस्तो द्धन्द्ध बढीराख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई सरकारी निवासमै स्वागत गरेर छलफल गरेका छन । यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मात्रै भेट्दै आएका प्रचण्ड र ओलीले आइतबार बिहान भने बालुवाटारमै लामो भलाकुसारी गरेका छन ।

भेटवार्ताको भित्री कुरा केही सार्वजनिक नभए पनि प्रधानमन्त्रीको सचिवालयले संवैधानिक परिषद्को बैठकको विषयमा प्रचण्ड र ओलीबीच कुरा भएको बताएका छन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन लागेकाले नयाँ प्रधानन्याधीशको नाम सिफारिस गर्न ढिलो भैसकेको छ । यद्यपी प्रचण्ड र ओलीको भेट सैवैधानिक परिषद्को एजेण्डामामात्रै सीमित नभएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १५:४३