७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

रासलीलाको भिडियो भाइरल भएपछि सरकारी क्वार्टरको भित्तो रंग्याउँदै उपचसचिव निराैला

१४ साउन, काठमाडौँ । नेपाल सरकारका उपसचिव डम्बरुप्रसाद निरौलाले रासलीलाको भिडियो भाइरल बनेपछि सरकारी क्वार्टरको भिडियो हैन भन्ने बनाउन आफ्नो क्वाटरको भित्तोमा नयाँ रंग लगाएका छन । उनले सरकारी क्वार्टरमै आफूले त्यस्तो गरेको होइन भन्नका लागि भित्तो फेरि रंग्याएको कर्मचारीहरूले बताएका छन । यसअघि हरियो रहेको उनको क्वाटरमा अहिले पहेँलो रंग लगाएका छन ।

क्वाटरमै बसेर परस्त्रीसँग रासलीलामा रमाउने गरेका निरौँलाको भिडियो टिकटक मार्फत सार्वजनिक भएको थियो । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका निरौलाले नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै  डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि उनले भिडियोमा देखिएको कोठामा रङरोगन गर्न लगाएका छन् ।

भिडियो निरौलाकै केटी साथीले लाइभ गरेर बाहिर सार्वजनिक गरेकी थिइन । मिदराले लठ्ठ उनले निरौलाको नजिक बसेर लाइभ गरेकी थिइन । भिडियोमा ती महिलाले निरौलालाई श्रीमान भनेर सम्बोधन गरे पनि उनी श्रीमति नरहेको पुष्टि कर्मचारीहरूले गरेका छन । निरौलाका दुई सन्तान र श्रीमती काठमाडौंमै बस्दै आएका छन् । निरौलाले भने भिडियो काठमाडौंको एक होटलको भएको पार्टीमा खिचिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १५:३०