२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सुन तस्करीका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेको माग

१० साउन, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हुन् ।

उच्चस्तरीय छानबिन समिति गठनका लागि सरकारलाई रुलिङ गर्न उनले सभामुखसँग माग गरे । उनले पटक-पटक गरी चैत १० गते कम्पनी दर्ता गरेयता ३३ पटक सुन ल्याएको देखिएको भन्दै यस्तो काण्ड हुँदा पनि थाहा नपाउने गृहमन्त्रीले पदमा बस्ने नैतिक आधार नभएको बताए ।

उनले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र उनको छोराको संलग्नताबारे पनि बोलेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १६:०१