२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सुन तस्करीबारे संसदमा बहस हुने, निशाको प्रस्तावमा रविको समर्थन

१० साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डांगीसहितका सांसदहरूले संसद सचिवालयमा सुन तस्करीको विषयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन । केहीदिन अघि करिब २० क्विन्टल सुन पास भैसकेपछि १ क्विन्टल सुन समातिएको थियो । जुन अहिले पनि अनुसन्धानकै क्रममा रहेको छ ।

सेटिङमा ठूलो परिमाणमा सुन तस्करी हुने गरेको तथ्य सार्वजनिक भएपछि यसले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय छवी दुबैमा असर गर्ने भएकाले यसमा गम्भीर छलफल गर्नुपर्ने भन्दै निशा डाँगीको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावको प्रस्तावकमा १६ सांसद रहेका छन भने समर्थकमा रास्वपाका सभापति रवि लामिछाने र सांसद बिराजभक्त श्रेष्ठसहित ४ जना रहेका छन ।

यस्तो छ प्रस्ताव

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १४:२१