२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सुन तस्करीबारे एमालेले संसदमा गृहमन्त्री श्रेष्ठको कुरा सुन्ने

१० साउन, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कुरा सुन्ने भएको छ । त्यसका लागि एमालेले संसदमा सुन तस्करीबारे गृहमन्त्रीको जवाफ माग्ने निर्णय गरेको हो । एमाले संसदीय दलको बैठकले श्रेष्ठले संसदमा जवाफ नदिएसम्म बैठक चल्न नदिने निर्णय गरेको छ ।

यसअघि एमालेका प्रमुख सचेतक पदम गिरीले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने बताएका थिए । बैठकअघि गिरीले भनेका थिए, ‘गृहमन्त्रीको संलग्नताबिना त्यत्रो तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। गृहमन्त्रीको राजिनामा नआउँदासम्म संसद सुचारू हुन सक्दैन ।’

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने भन्ने आवाज उठेको भए पनि बैठकले गृहमन्त्रीको जवाफ मागेर त्यसपछि थप निर्णय लिने भएको छ । सुन तस्करीको अनुसन्धान सफल बनाउनन एमालेले सडकमा पनि आफ्ना जनवर्गीय संगठनहरू परिचालन गर्ने भएको छ । यसअघि युवासंघले एक रातमात्र मशाल जुलुश निकालेर रोकेको थियो । पार्टी संसदीय दल नै आन्दोलित भएपछि भ्रातृ संगठन  मार्फत सडक आन्दोल पनि गर्ने कुरा स्वभाविक नै हो दैनिकीको सम्पर्कमा रहेका एक एमाले पदाधिकारीले भने ।

पछिल्लो समय केही सुधारको काम गरेको सन्देश दिइरहेका गृहमन्त्री श्रेष्ठको विरूद्धमा आन्दोलन गर्दा एमाले थप आफ्नो प्रतिष्ठा गुमाउन सक्ने डर पनि कतिपय नेतामा देखिएको छ । यद्यपी एमाले फेरि गृहमन्त्रीको राजिनामाको माग गरेर आन्दोलिन बनिसकेको छ । यसअघि पनि एमालेले गृहमन्त्रीको राजिनामा मागेर आन्दोलन गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १४:२५