१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

समाज लघुवित्तले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

१० साउन, काठमाडाैं । समाज लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे साउन ९ गते बसेकाे  बैठकले आफ्नो पाँचौँ वार्षिक साधारणसभा साउन ३१ गते बाेलाउने निर्णय गरेको हो।

सभाले आर्थिक वर्षको २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजी १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले साउन २१ गतेदेखि साउन ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार ११:३०