साउन १८ बाट ऋणपत्र निष्कासन गर्दै नेपाल एसबीआई बैंक, कति पाइन्छ ब्याज ?
१० साउन, काठमाडाैं । नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ८ लाख इकाइका लागि साउन २२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। यो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिने म्याद थप हुन सक्छ। बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १०:०९












