१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तीन लघुवित्तकाे सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

९ साउन, काठमाडाैं । तीन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्रीमा राखेका छन्। छिमेक लघुवित्त, साधना लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयरहरु बिक्री गर्न निवेदन अनुसार कम्पनीहरूले सेयर बिक्री प्रक्रिया अघि बढाएका हुन्।

आरएसडीसी लघुवित्तले संस्थापक सेयरधनी कृष्णप्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेकाे हाे । कम्पनीले उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हाे । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक सेयधनीका लागि उक्त सेयर बिक्री खुल्ला गरेकाे थियाे  । तर संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको हुँदा सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

बिक्रीमा राखिएकाे सेयरमा लगानीकर्ताले ७ दिनभित्र काठमाडाैंकाे नक्सालस्थित संस्थाको सेयर रजिस्ट्रार बीओके क्यापिटल मार्केट वा रुपन्देही बुटवलस्थित आरएसडीसी लघुवित्तको कार्यालयमा आवेदन दिन सकिनेछ।

त्यस्तै, छिमेक लघुवित्तले संस्थापक सेयरधनी महेन्द्र गौतमको नाममा रहेको १५ हजार कित्ता सेयर बिक्री खुला गरेको छ। बिक्रीमा राखिएकाे सेयरको न्यूनतम मूल्य ६०० रुपैयाँ तोकिएको छ । यसकाे अर्थ विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालय काठमाडाैंमा खरिदका लागि आवेदन दिन सकिनेछ।

साथै, साधना लघुवित्तले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री खुला गरेको छ। कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गोरखा नगरपालिका–६ स्थित संस्थाको केन्द्रीय कार्यालया आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको समय अवधिभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १२:५५