१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

किन्ने हाेइन त ? ३७५ रुपैयाँमै सर्वसाधारणका लागि एनआईसी एसिया बैंकको सेयर बिक्रीमा

९ साउन, काठमाडाैं । एनआईसी एसिया बैंकले आज साउन ९ गतेदेखि केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेकाे हाे ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि साउन १८ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ता लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटल काठमाडाैंमा खरिद आवेदन पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार ०९:२२