बालेन नीतिको प्रभावः तीन मतमात्र पाएर हारेका खड्की पद्मोदय माविको स्वतः अध्यक्ष बन्दै
९ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकको शिक्षा सम्बन्धी नयाँ नीतिले वडा अध्यक्षहरू स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने भएका छन । यही क्रममा पद्मोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा जम्मा तीन मतमात्र पाएर शर्मनाक हार व्यहोरेका भाइराम खड्की स्वत अध्यक्ष हुने अवस्थामा पुगेको आजको गोरखापत्रमा सूर्य पाण्डेले समाचार लेखेका छन।
महानगर प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको नगरसभाबाट वडा अध्यक्ष स्वतः अध्यक्ष हुने गरी नयाँ व्यवस्था लागू गरेको छ । गत २०७९ असार ११ गते भएको पद्मोदय माविको विव्यस निर्वाचनमा पराजित भएका थिए । तर वडा अध्यक्ष खड्की महानगरपालिकाको नयाँ नीतिका कारण विव्यस अध्यक्ष हुने भएका छन । खड्गीलाई तुल्सीप्रसाद अगस्तीले ५१ मतसहित पराजित गरेका थिए । खड्गीले तीन मत पाएका थिए ।
असार ३० गते सम्पन्न कामपा नगरसभाले सबै विव्यस भङ्ग गर्ने निर्णय गरेको थियो । महानगरपालिकाले वडा अध्यक्षहरूलाइ नै स्वत अध्यक्ष बनाउने गरी पुराना व्यवस्थापन समिति भंगको निर्णय गरेको थियो ।
गोरखापत्रमा प्रकाशित समाचार यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ ।
प्रकाशित मिति : 08:51













