२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले बागमती प्रदेशको अधिवेशन असाेज ८-९ गते, सय सदस्य बराबर एक प्रतिनिधि हुने

८ साउन, काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश कमिटिको अधिवेशन असोज ८(९ गते हुने भएको छ । केही साता अघि काठमाडौँमा भएको प्रदेश कमिटीको पूर्ण बैठकले अधिवेशन असोजमा गर्ने निर्णय गरेको प्रदेश संगठन कमिटीका अध्यक्ष केशवराज पाण्डेले दैनिकीलाई जानकारी दिए । उनले प्रदेश कमिटीको पूर्ण बैठकबाट अधिवेशनको मिति घोषणा भएको र तयारीको काम पनि सुरू गरिएको बताए ।

अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि छानिने छन भने त्यसमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । एमालेले उत्पीडित समुदाय र मजदुरलाई पनि कोटा नै तोकेर अधिवेशनमा प्रतिनिधित्व गराउने तयारी गरेको छ । प्रदेशको अधिवेशनकै लागि लक्षित गरेर एमालेले साउन १५ सम्ममा संगठित सदस्यता टुंगो लगाउने तयारी गरिरहेको छ । एमालेले दुई पटक समय थपेर साउन १५ मा पुर्याएको हो । सदस्यता नविकरण उत्साहजनक नदेखिएपछि एमालेले सदस्यता नविकरणको समय चेतावनी दिँदै सार्दै आइरहेको छ ।

यस्तै एमाले केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीका अनुसार कोशी प्रदेशले असोज १२(१३मा  अधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यस्तै मधेश प्रदेशले असोज ५(६ मा अधिवेशन गर्दैछ भने लुम्बिनी प्रदेशले १६(१७ भदौान अधिवेशन गर्दैछ । एमालेले कर्णाली प्रदेशले २९(३० भदौमा  र सुदूरपश्चिम प्रदेशमा २२(२३ भदौमा अधिवेशन गर्ने निर्णय गरिसकेको छ । एमालेले गण्डकी प्रदेशको भने  अधिवेशन तोकेको छैन । गण्डकीको प्रदेश कमिटीको बैठक बस्न नसकेको एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार २०:१८