२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेले ताेक्याे प्रदेशहरूको अधिवेशन मिति, कुनकाे कहिले ?

८ साउन, काठमाडाैं । नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति ताेकेकाे छ। केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार बागमती प्रदेशले असाेज ८-९ गते अधिवेशन गर्ने भएको छ।

यस्तै कोशी प्रदेशले असाेज १२-१३  अधिवेशन गरदैछ भने मधेश प्रदेशले असोज ५-६ मा अधिवेशन गर्दैछ । यसैगरी लुम्बिनी प्रदेशले १६-१७ भदौ, कर्णाली प्रदेशले २९-३० भदौमा  र सुदूरपश्चिम प्रदेशले २२-२३ भदौमा अधिवेशनको मिति तोकेका छन्।

गण्डकी प्रदेशको भने बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी रहेकाे अधिकारीले जानकारी दिए ।

अधिवेशनको मिति प्रथम अहिले कायम रहेको प्रदेश संगठन कमिटीले तोकेको हो। अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछन्। प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी गरिएकाे एमालेले जनाएकाे छ ।

प्रतिनिधि प्रक्रियाको चयन साउन १५ मा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुने कार्यालय सचिव अधिकारीले बताए । पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यसै आधारमा अधिवेशनको प्रतिनिधि चयन हुनेछ र प्रतिनिधि छनोट पनि त्यसैमा आधारित हुने उनले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १९:०६