१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

साधना लघुवित्तको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

८ साउन, काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ८ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गोरखा न.पा ६ मा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको समय अवधिभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १०:४३