१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्र बैंकले लघुवित्तलाई मर्जर र प्राप्तिमा प्रोत्साहन गर्ने

७ साउन, काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर र प्राप्तिमा प्रोत्साहन गर्ने भएको छ ।राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने बताएकाे छ ।

साथै, २०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने उल्लेख छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १५:०६