अब विदेश जाँदा २५०० अमेरिकी डलरसम्मको सटही सुविधा पाइने
७ साउन, काठमाडौं। नेपाल राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुले पाउने अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ । केन्द्रिय बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै अब विदेश जाँदा २५०० अमेरिकी डलरसम्मको सटही सुविधा पाइने व्यवस्था गरेकाे हाे ।
‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ,’ केन्द्रिय बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख छ ।
साथै, हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति/सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था गरिनेछ।
प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १४:१९












