सेयर, रियल स्टेट र हायर पर्चेज कर्जाको जोखिम भार पुनरावलोकन गरिने
७ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ ।
‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ केन्द्रिय बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख छ। हाल सेयरधितोकर्जाको जोखिमभार १५०% रहेको छ। यसले गर्दा बैंकहरुको पूँजीकोषमा समेत दबाव परेको थियो। अहिले नै उच्च स्तरमा रहेको जोखिमभार पुनरावलोकनको अर्थ जोखिमभार घट्नु हाे ।
योसँगै अब सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था सहज हुनेछन् । यस्तै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड मा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ ।
प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १३:५६












