६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आइतबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

७ साउन, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार ११:०८