१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

यस्ता पो व्यपारी, ६ सय कर्मचारीलार्इ कार, ९ सयको खातामा फिक्स डिपोजिट उपहार

१० कात्तिक, काठमाडाैँ । भारतका एक व्यापारीले हरेक वर्षजस्तै यस वर्ष पनि अनुकरणीय काम गरेका छन । व्यापारी भनेका श्रम शोषण गर्ने, कर छल्नेमात्र हुँदैनन् भन्ने सन्देश दिने कर्मचारीमत्रै भारतका हिरा व्यापारीले यस वर्ष पनि १५ सय कर्मचारीलार्इ विशेष उपहार दिएका छन ।

हरेक वर्षझैँ यो वर्षको तिहारमा पनि भारतीय हिरा व्यापारी सावजी ढोलकियाले आफ्ना कर्मचारीलाई विशेष उपहार दिएका हुन ।  हरि कृष्ण एक्सपोर्ट्सका चेयरपर्सन ढोलकियाले बिहीबार आफ्नो कम्पनीका ६ सय र्कचारीलाई कार तथा ९ सय कर्मचारीको खातामा फिक्स डिपोजिट गरिदिएका हुन । गुजरातको सुरतमा एक विशेष कार्यक्रम गरी उनले कर्मचारीलाई उपहार दिएका हुन ।

ढोलकियाले सन् २०११ देखि नै आफ्ना कर्मचारीलाई तिहारका अवसरमा विशेष उपहार दिँदे आएका छन् । ढोलकियाले पछिल्लो महिनामात्रै २५ वर्ष सेवा गरेका तीन जना कर्मचारीलाई मर्सिडिज बेन् कार उपहार दिएका थिए । एक करोड मूल्य बराबरका  कारको चाबी गुजरातकी पूर्व मुख्यमन्त्री तथा मध्य प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलको हातबाट दिइएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार १४:१२