२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सांग्रिला डेलभपमेन्ट बैंकको २ लाख ९४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

५ साउन, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकको करिब ३ लाख कित्ता सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ९४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाडाैंकाे बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन् ।

तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : 10:27