२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

नयाँ शक्तिका संयोजक डा भट्टरार्इले लाज पचाएपछि ट्वीटरमा यस्तो टिप्पणी

१० कात्तिक, काठमाडाैँ । नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टरार्इले नेकपाको चियापानको विषयमा एउटा टिप्पणी सार्वजनिक गरेका छन । अाफ्नो विगत विर्सेर उनले गरेको उक्त टिप्प्णीको ट्वीटरमा चर्को अालोचना भैरहेको छ । डा भट्टरार्इले लाजै पचाएर नेकपाले चियापान गर्नु गलत भएको बताएका छन । उनले विगतमा अाफूले विर्यानी खुवाउने नाममा रंगशालामा मान्छेको ताँती लगाएको विर्सएछन । त्यही कार्यक्रमका लागि उनले त्यतिखेर दैनिकपत्रिकाहरूलार्इ समेत नयाँ शक्तिको ज्याकेट लगाएर लाखाैँ रूपैयाँ स्वाहा पारेको विर्सिएछन ।

नेकपाको अाजको चियापानबारे डा भट्टरार्इको टिप्पणी यस्तो छ ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना/निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद!तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना!गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले५०हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि?त्यसैले म आउन सकिनँ!जय होस!’

बाबुरामको टिप्प्णीमा प्रतिक्रिया दिँदै पत्रकार प्रकाश तिमल्सिनाले बाबुराम एक्लुनको मुख्य कारण नै यस्तै प्रवृति रहेको बताएका छन । उनले लेखेका छन ‘नेपाल सम्बत र छठको अवसरमा तत्कालिन माअोवादीका डा. भटराईले नै भृकुटीमण्डपमा भब्य चियापान गर्नुहुन्थ्यो, एकपटक प्रचण्ड माथी दुर्व्यवहार भए पछि रोकिदै गएको हो। तर, डा. भटराई भने एक्लो हुँदै गएको यस्तै `जाति कुरा´ र `छुद्र टिप्पणी´ले नै हो भन्ने हाम्लाई लाईरा`छ।’


युवा राजनीतिक प्रदीप भट्टरार्इ लेख्छन ‘यो के हो महोदय? सबै पत्रीकामा यसरी छपाउने पैसाले कम्तिमा १० बटा बिधालय बन्थ्थो। सयौ विद्यार्थीलाई पढाउन सकिन्थ्थो होइन र? पहिला आफनो अनुहार हेर्नुस है ।’

ट्टवीटरमै एलिट अाकाश लेख्छन ‘महिनौं युरोप अमेरिका घुम्ने पैसा चैं कहाँबाट आउँछ ? अरुलाई चियापान बन्द गर भन्नेले आफूलाई पनि हेर्ने की ?’ #लज्जाशरणम #Hypocrite

ट्वीटरमा होमनाथ खतिवडा लेख्छन ‘हिजो हजुरहरुले खुवाएको बिरानि बिर्सिनुभयो नेताहरुमा यहि बिरामछ। सबैलाई उपचार गर्नुपर्छ ’


ट्वीटरमै सुरेन्द्र लेख्छन ‘बल्ल तल्ल नेपाली कांग्रेसकाे बुई चढेर एक सिट जित्न सफल नयां शक्ति प्राईभेट लिमिटेडका संयाेजक तथा पाखन्डी नेता डाक्टर भट्टराईलाई निम्ता कार्ड धेरै भयाे रे ! एनजीअाे अाईएनजीअाे र रअ,काे कार्यक्रममा त खर्र्चकाे हिसाब नगरी पुग्ने यिनलाई ,नेकपाले भाउ दिनु उचित हाेईन् |’

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार १२:५६