२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

भारतीय नागरिकको परिचयपत्र बोकेर जुवा खेल्ने बुद्धिलाल साह रोयल क्यासिनोमै ढले

१० कात्तिक, काठमाडाैँ । दरबार मार्गको रोयल क्यासिनोमा भारतीय नागरिकको परिचयपत्र बोकेर जुवा खेल्ने बुद्धिलाल साहको मृत्यु भएको छ । क्यासिनोमै वेहोस भएर ढलेका उनको  मोडेल अस्पताल बागबजारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रोयल क्यासिनोमा जुवा खेलीरहेको अवस्थामा बेहोश भएका काठमाडौं महानगरपालिका-२८ पुतली सडक बस्ने सिराह लहान शुखोवन गाउँपालिका-३ का ४० वर्षीय बुद्धिलाल शाहको मोडेल अस्पताल बागबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुद्धिलालले हरीशंकर नाम गरेको व्यक्तिको भारतीय भोटर कार्ड, भारतीय राजदुताबासको एम्बेसी कार्ड र आधार कार्ड प्रयोग गरी क्यासिनोमा प्रवेश गरेको पाइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार ०९:५१