अख्तियार दुरूपयोग अनुसन्धान अायोगकै कर्मचारी घुस खान्छन
९ कात्तिक, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अख्तियारका कर्मचारीहरुले समेत घुस खाने गरेको बताएका छन । सदाचारिता र सुशासन प्रबर्द्धनलाई सस्तागत गर्न एकाउन्टेबिलिटी ल्याब र वीरगञ्ज महानगरपालिकाको संयुक्त अयोजना गरेको सत्यनिष्ठा सम्मेलनमा शुक्रबार पूर्व प्रमुख अायुक्त उपाध्ययले आफू अख्तियारको प्रमुख रहँदा घुस लिएको कुरा आउने गरेको र आफूले तत्काल उनीहरुलाई कारबाही गर्ने गरेको बताए ।

उनले भने ‘अख्तियार त घुस खाएकालाई समात्ने निकाय हो, भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय हो, त्यहाँका कर्मचारीहरु त सबै इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्ने हो तर त्यसो हुँदैन । म प्रमुख हुँदासमेत अख्तियारका कर्मचरीहरुले नै बदमासी गरेको कुरा आयो । अहिले पनि छैन भनेर म भन्न सक्दिन,’ उनले भने, ‘जुन बेला त्यस्तो खबर आउँथ्यो, मैले उनीहरुलाई तत्काल कारबाही गरे, कारबाहीको अर्को विकल्प पनि छैन ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीलाई समेत बोलाएर सोधपुछ गर्ने हैसियत राख्ने संवैधानिक निकाय भएकोले त्यहाँको प्रमुख र अन्य कर्मचारीहरु समेत बढी उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार २१:१९












