१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भैरूम मावि नुवाकोटको भ्रष्टाचारबारे सबै बाेलाैँ

-दिनेश आचार्य

यो तस्विर भैरुम उच्च माविको हो । आज यस स्कुलमा भएको केही गैरकानुनी कार्यको खुलाशा गर्दैछु । ऐतिहासिक महत्व बोकेको यो स्कुलले हजारौं बिद्यार्थीलाई राष्टिय/ अन्तराष्टियस्तरका सक्षम बनाउन जग बसालेको छ । तर अहिले व्यापारीक कुदृष्टिले यसलाई पनि गाज्न थालेको रहेछ ।

श्री भैरुम माध्यामिक बिद्यालय हात्तिगौंडाको नाममा झन्डै ७० रोपनी जग्गाजमिन छ । जुन जग्गामध्येको अधिकान्श जग्गा काङ्ग्रेस नेता स्व. बद्रीराम भन्डारीले दान गर्नुभएको हो रे ।

त्यसमध्ये ५/७ रोपनी जमिनमा बिद्यालयको संरचना बनेको छ भने अन्य जग्गा खालि छ । खालि रहेको जग्गा स्कुलमा अध्ययन गर्ने बिद्यार्थीको सम्पत्ति हो तर त्यसमध्ये अधिकांश जग्गा अहिले बिभिन्न व्यक्तिलाई भाडामा लगाइएको रहेछ ।
#भैरुम माविले मुल सडकमा जोडिएको करिब ४ रोपनी जग्गा व्यापारीहरुलाई भाडामा दिएको छ भने अन्य करिब २० रोपनी जग्गा पनि बाहिरी व्यक्तिलाई नै भाडामा दिएको छ । त्यो पनि १०/१५ बर्षका लागि ।

यसरी सुटुक्क भाडामा दिने निर्णय कसले गर्यो ? त्यसमा कसकस्को मिलेमतो छ ? र, भाडावापत कति रकम स्कुलले असुल गर्छ त्यो गोप्य नै होला ।

गैरकानुनी कार्य-
सर्वोच्च अदालतले २०७३ सालमा सामुदायिक विद्यालयहरुले आफ्नो नाममा रहेका जग्गा करार गरी व्यावसायिक प्रयोजनका लागि भाडामा दिन वा बिक्री गर्न नपाउने फैसला सुनाएको थियो ।

सामुदायिक विद्यालयको जग्गा सार्वजनिक भएको र विद्यार्थीले शैक्षिक वातावरण पाउने अधिकार खोसिने भएकाले यस्ता कार्य गर्नु कानुन विपरीत हुने फैसला सर्वोच्चको छ ।


यस फैसलापछी भरतपुरको चितवन माविले कलेज र पेट्रोल पम्पलाई जग्गा भाडामा दिएको सम्झौता रद्द भएको थियो ।

सर्बोच्चको सो फैसलापछी देशभरका सामुदायिक बिद्यालयहरुका नाममा रहेको जग्गाजमिन व्यबशायीक प्रयोजनमा भाडामा लगाउन रोक लागेको हो । #तर, भैरुम माविले त्यसपछीको मितिमा औपचारिक रुपमा यस्तो भाडामा लगाएको रहेछ । जुन सरासर गैरकानुनी हो ।

बिध्यालयको जग्गा सार्वजनिक सम्पत्ति भएका कारण भाडामा लगाउन नपाउने त छदैँछ । वडा कार्यालय र नगरपालिकाले समेत यसको संरक्षण गर्नुपर्छ ।

तर वडा र नगरपालिकालाई यसबारे थाहा छकी छैन ? वडा र नगरको सहमति स्विकृति लिइएको होकी हैन भन्ने खोज्नु जरुरी छ ।

यदी वडा र नगरपालिकाले समेत स्विकृति दिएको हो भने उनीहरु पनि अदालतको आदेश विपरित काम गरेकोमा कारवाहीको भागिदार हुनेछन ।

बिद्यालयका अध्यक्ष राजु पण्डितज्यू, प्रअ शिवराम श्रेष्ठज्यू र वडा अध्यक्ष अनि मेयरज्यूलाई मेरो प्रश्न छ:- गैरकानुनी र अपारदर्शी रुपमा बिद्यालयको जग्गा दिर्घकालसम्मका लागि भाडामा लगाउने निर्णयको भागिदार को-को हुन ?

अब जनताले थाहा पाइसके र जनताले प्रश्न गरेका छन । यससम्बन्धि सम्पूर्ण बिवरणको श्वेतपत्र तत्काल सार्वजनिक गरियोस । र, कानुन बमोजिम काम सच्याईयोस ।
(यो बाहेक अन्य बिध्यालयको जग्गामा यस्तो कार्य भएको थाहा भए जानकारी दिनुहोला ।) आचार्यकाे फेसबुकबाट साभार

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०६:२६