५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त

१ साउन, काठमाडाैं । कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुष्प शर्मा नियुक्त भएका छन्। आज बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आज साउन १ गतेदेखि लागू भएको छ।

यसअघि शर्माले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सम्हाल्दै आएका थिए। बैँकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन्। उनी कुमारी क्यापिटलमा आबद्घ हुनुपुर्व नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतका रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रही कार्यरत थिए।

नवनियुक्त सीईओ शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा कम्पनीको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेमा क्यापिटल विश्वस्त रहेको छ। कुमारी बैंकको सहायक कम्पनीका रुपमा रहेको कुमारी क्यापिटलको चुक्तापुँजी ४० करोड रहेको छ। हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङलगायतका सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १७:२१